लिभरपुल चौथो चरणमा
बिहीबार, २४ कात्तिक २०७९, ०८ : २२
लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लबले बुधबार राति भएको खेलमा डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराउँदै चौथो चरण प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीमा धकेलिएको थियो । लिभरपुलका लागि पेनाल्टीमा हार्भे इलियट, डार्विन नुनेज र एलेक्स चेम्बरलिनले गोल गरे । रोबर्टो फिर्मिन्हो र स्टेफानले गोल गर्न सकेनन् ।
उता काउन्टीका लुइ सिब्ले र डाभिड म्याकगोल्ड्रीकले गोल गर्दा लेविस डोबिन, क्रेग र कोनोरले गोल गर्न सकेनन् ।
बुधबार राति नै भएको अर्काे खेलमा टोटेनहम नटिङघम फरेस्टसँग २–० ले पराजित हुँदै बाहिरिएको छ । फरेस्टले चौंथो चरणमा स्थान बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण