आर्सनल बाहिरियो, ब्राइटन चौथो चरणमा
बिहीबार, २४ कात्तिक २०७९, ०९ : ०७
प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनसँग ३–१ गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।
प्रियिमर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनल काराबाओ कपबाट भने बाहिरिएको हो । घरेलु मैदानमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । खेलको २०औं मिनेटमा एड्ी केटिहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
ब्राइटनले खेलको २७ औं मिनेटमा डेन वेल्केकको गोल मार्फत बराबरीमा फर्कियो । खेलको ५८ औं मिनेटमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २–१ को अग्रता दिलाए ।
खेलको ७१ औं मिनेटमा तारिक लाम्पटेले गोल गर्दै ब्राइटनलाई ३–१ को जित दिलाए । जितसँगै ब्राइटनले चौंथो चरणमा स्थान बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण