इन्टरको फराकिलो जितमा फेडेरिकोको दुई गोल
बिहीबार, २४ कात्तिक २०७९, ०९ : २१
फेडेरिको डिमार्कोको दुई गोलको सहयोगमा इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टरले बोलोग्नालाई ६–१ गोल अन्तरले हराएको हो ।
इन्टरको जितमा फेडेरिकोले दुई गोल गरे । त्यस्तै इडेन डेज्को, लाउटरो मार्टिनेज, हाकन र रोबिन गोसेन्सले एक एक गोल गरे । उता बोलोग्नाका चारालाम्पोसले एक गोल फर्काए । पहिलो हाफमा तीन गोल गरेको इन्टरले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।
जितसँगै इन्टरले १४ खेलमा २७ अंक जोडेर इन्टर चौंथो स्थानमा छ । पराजित बोलोग्ना १६ अंक जोडेर १३ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण