रणवीर र आलियाको छोरीलाई भेट्न रोक
बिहीबार, २४ कात्तिक २०७९, १८ : ०७
गत ६ नोभेम्बरमा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छोरीको आमाबाबु बनेपछि कपुर परिवारमा खुसियाली छाएको छ । आलिया बिहीबार मात्र अस्पतालबाट डिस्चार्ज भई रणवीरको घर पुगेकी छन् ।
आलिया र रणवीरकी छोरीलाई भेट्न कैयौं पाहुना अस्पतालमा पुगे पनि उनीहरूलाई छोरीलाई भेट्न प्रशासनले अनुमति दिएन । कपुर परिवारले छोरीको तस्बिर कसैले खिच्न नपाउन् भनेर यो निर्णय लिएका हुन् ।
‘रणवीर र आलिया आफ्नी छोरीको तस्बिर इन्टरनेटमा नआओस् भन्ने चाहन्छन् । छोरी अहिले सानी भएकीले उनलाई इन्फेक्सनको खतरा पनि उत्तिकै छ । त्यहीकारण पाहुनालाई छोरीसँग भेट गर्न रोक लगाइएको छ । प्रत्येक पाहुनालाई कोभिड–१९ नेगेटिभ सर्टिफिकेट देखाउन पनि सम्भव छैन । यो राम्रो पनि हुँदैन’, कपुर निकट स्रोतले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
-
अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु
-
अफ्रिकी समाजवाद: आफ्नै मौलिक बाटो खोज्ने प्रयास
-
पासपोर्ट छपाई प्रकरण : थुनछेक बहस सुरु
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो
-
भेनेजुएलामा स्वास्थ्य सहायता र मानवीय सहयोग पठाउने अमेरिकाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण