बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु

बिहीबार, ११ असार २०८३, १३ : ५६
बिहीबार, ११ असार २०८३

सारांश

  • ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दाको अभियोग लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु भएको छ ।
  • विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु भएको हो ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट छपाई प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै सोमबार मुद्दा दर्ता गरेको थियो ।

काठमाडौँ । ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दाको अभियोग लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको बयान पूराभएसँगै थुनछेक बहस सुरु भएको छ ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बिहीबार अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु भएको हो । थुनछेक बहस सकिए आजै अदालतले धरौटी लिएर छाड्ने या थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने भन्ने बारे निर्णय दिनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अर्यालसहित निर्देशक सुनिल कुमार के.सी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानून) राजाराम दाहाल र जर्मनी कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्लसहितलाई अदालतमा उपस्थित गराएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट छपाई प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै सोमबार मुद्दा दर्ता गरेको थियो । विभागले आह्वान गरेको दुईवटा प्याकेजको बोलपत्रमा सरकारी अधिकारी र विदेशी कम्पनीका प्रतिनिधिहरूबीच मिलेमतो गरी राज्यलाई अर्बौँको नोक्सानी पुर्‍याएको आयोगको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप