पोखरा विश्वविद्यालयमा बिएएलएलबीको अध्यापन सुरु

पोखरा विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत स्नातक तहमा बिएएलएलबीको अध्यापन सुरु गरेको छ । एक समूहमा ४० जना भर्ना लिने गरी गरिएको दस सेमेष्टर प्रणालीको उक्त कार्यक्रम पाँच वर्ष अवधिको हुने र शिक्षण शुल्क करिब रु चार लाख रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास तथा कलाजस्ता विषयको एकीकृत अध्ययन गर्ने गरी निर्माण भएको बिएएलएलबीमा आफ्नो क्षमता अभिवृद्धि गर्न चाहने विद्यार्थीका लागि आकर्षणको विषय बनेको छ । यसले विद्यार्थीलाई कानुन व्यवसायी बन्न, कानुनी अध्ययनका लागि विश्लेषणात्मक एवं तार्किक सीप क्षमता अभिवृद्धि गर्न तथा आपराधिक वा वित्तीय मामिलामा पनि जागरूक बनाउने विश्वास लिइएको छ ।
यसको अध्ययनसँगै विद्यार्थी कर्पोरेट कानुन, कानुन फर्म, मध्यस्थता र वार्तालाप, अनुसन्धान, एकेडिमिक, पत्रकारिता, मिडिया वा मनोरञ्जनका क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्न सबल हुन्छन् । यसमा अध्ययन गर्न चाहने विद्यार्थीले २०७९ मङ्सिर २१ गतेभित्र प्रवेश परीक्षाका लागि दरखास्त दिन सक्ने र प्रवेश परीक्षा मङ्सिर २३ गते हुने जनाइएको छ । यस कार्यक्रमको अध्ययन–अध्यापन विश्वविद्यालयको शैक्षिक प्राङ्गण, पोखरा–३०, ढुङ्गे पाटनमा सञ्चालन हुने सूचना अधिकारी ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०