ग्राण्डीका डाक्टरद्वारा श्रीमतीमाथि यातना, मधेसी आयोगद्वारा प्रहरीलाई पत्राचार

राजधानीको ग्राण्डी अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो श्रीमतीलाई चरम यातना दिएको सार्वजनिक भएको छ । डाक्टर पंकच चौधरीले आफ्नी श्रीमती नेहामाथि यातना दिएको सार्वजनिक भएसँगै मधेसी आयोगले घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
महोत्तरीको औरही निवासी पी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेसी आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगका अध्यक्ष डा विजयकुमार दत्तले तराई मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सोसँग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको बताए ।
सो समस्याहरूप्रति आयोग गम्भीर रहेको उनको भनाइ छ । अध्यक्ष डा.दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याहरूले समाजमा कयौं चेलीबेटीहरू यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको समेत बताए ।
करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा पंकज चौधरीसँग विवाह भएको थियो । नेहा चौधरीलाई दाइजोको नाममा श्रीमान र उनको परिवारले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ । उसो त नेहाले सो घटना सामाजिक संजालमा पनि सार्वजनिक गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा