कार्यकाल सकियो मुद्दा सकिएन
सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन् । सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि सभातर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको विवाद र राष्ट्रिय सभासमेतका गरी दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन् । नगन्य मात्र विवादमा फैसला भएका छन् ।
नेपाली कांग्रेस सङ्खुवासभाका उम्मेदवार दीपक खड्काले एमालेका निर्वाचित उम्मेदवार राजेन्द्र गौतमविरुद्ध दायर मुद्दा विचाराधीन नै छ । यस्तै एमालेका भगवती चौधरीले कांग्रेसका विजयकुमार गच्छदारविरुद्ध दिएको मुद्दा पनि छिनोफानो भएन । पुनः मतगणनाको माग गरेर २०७४ पुस ११ मा दर्ता भएको थियो । अन्तरिम छलफलमा बोलाएपछि एक पटक अन्य आदेशबाहेक मुद्दा हेर्न नभ्याइने सूचीमा छ ।
प्रदेश सभा सदस्य निर्वाचनमा तनहुँ २ (क)बाट भाग लिनुभएका कांग्रेस नेता प्रदीप पौडेलको मुद्दा पनि विचाराधीन छ । वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग पाँच मतको अन्तरले पराजित भएपछि पौडेलले पुनः मतगणनाको माग गरेर दायर मुद्दा छिनोफानो हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण