रेल मार्गको सर्भे रिपोर्ट चार महिनाभित्रै
भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनले रक्सौल-काठमाडौँ रेलमार्गको 'फाइनल लोकेसन सर्भेको काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ । कर्पोरेसनले गत वर्षदेखि काठमाडौं-रक्सौल रेलमार्गको सर्भे अध्ययन गरिरहेको छ । २०७८ साल असोज २२ गते नेपाल र भारतका उच्च अधिकारीबीच रक्सौल- काठमाडौँ रेलमार्गको फाइनल लोकेशन सर्वे भारतीय पक्षले गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।
यस अघि २०७७ साल फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं- रक्सौल ब्रोडगेज रेलमार्ग निर्माणका लागि आवश्यक काम अघि बढाउन नेपाल र भारत सरकारबीच हुने समझदारीपत्र स्वीकृत गरेको थियो । सोही अनुसार असोजमा सम्झौता भएको हो ।
रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले कोंकण रेल्वे कर्पोरेसनले रक्सौल-काठमाडौँ रेलमार्गको भारतीय कम्पनीले फिल्ड सर्भेको काम सकेर रिपोर्टलाई अन्तिम रूप दिने काम गरिरहेको बताए । 'भारतीय कम्पनीलाई रेलमार्गको फिल्ड सर्भे र अन्तिम रिपोर्ट तयार पार्न १८ महिनाको समयसीमा तोकिएको थियो,' उनले भने 'सम्भवतः अबको चार महिनाभित्र कर्पोरेसनले प्रतिवेदन बुझाउनेछ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण