आलिया भट्ट–रणबीर कपुरले के राखे छोरीको नाम ? थाहा पाएर भावुक भइन् नितु कपुर
आलिया भट्ट र रणबीर कपुरको छोरीको जन्म भएको छ । यो पल यी दुईका लागि निकै विशेष छ । आलिया र रणबीरकी छोरीको जन्मसँगै कपुर खानदानले उनको नाम के राखे होलान् भनेर धेरैमा उत्सुकता जागेको छ ।
आलिया–रणबीरले के राखे छोरीको नाम ?
पछिल्लो जानकारीलाई विश्वास गर्ने हो भने रणबीर र आलियाकी छोरीको नाम दिवंगत अभिनेता ऋषि कपुरसँग सम्बन्धित हुने बताइएको छ । बलिउड लाइफले स्रोतलाई उद्धृत गर्दै छापेको खबर अनुसार रणबीर र आलियाले ऋषि कपुरको सम्मानमा उनीसँग सम्बन्धित नाम राख्ने निर्णय गरेका हुन् ।
खबरका अनुसार आलिया र रणबीरको यो आइडिया सुनेर नितु कपुर निकै भावुकसमेत भइन् । उनी विश्वलाई आफ्नी नातिनीको नाम बताउन निकै उत्सुक छिन् । रणबीर र आलियाकी छोरीको जन्मले सबैभन्दा बढी त नितु कपुर नै खुसी छिन् । उनले आफ्नी नातिनीलाई सबैभन्दा ‘क्युटेस्ट किड’ बताइसकेकी छिन् ।
रिपोर्टमा बताइए अनुसार रणबीर–आलियासमेत पूरा परिवारले छोरीको नाम छानिसकेका छन् । उनीहरुले निकै छिटो आफ्नी छोरीको नाम सार्वजनिक गर्ने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
-
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
-
स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
-
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
-
भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण