केकीले मागिन् गगन थापालाई भोट
बुधबार, ३० कात्तिक २०७९, १५ : ३७
अभिनेत्री केकी अधिकारीले कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । काठमाडौ–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका गगनलाई केकीले भिडियो सन्देशमार्फत भोट माग्दै असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन समेत अनुरोध गरेकी छन् ।
केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक सन्देशमा केकीले नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको बताउँदै उनले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत उल्लेख गरेकी छन् ।
‘कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो’ केकीले गगनबारे अगाडि भनेकी छन्–‘राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता उहाँको प्रशंसनीय छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
-
तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प
-
सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : भट्टराई
-
कांग्रेस र एमाले एकै बिन्दुमा उभिए मुलुकको समस्या समाधान हुन्छ : डा.कोइराला
-
महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
-
बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकछि जीर्णाेद्धार