केकीले मागिन् गगन थापालाई भोट
बुधबार, ३० कात्तिक २०७९, १५ : ३७
अभिनेत्री केकी अधिकारीले कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । काठमाडौ–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका गगनलाई केकीले भिडियो सन्देशमार्फत भोट माग्दै असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन समेत अनुरोध गरेकी छन् ।
केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक सन्देशमा केकीले नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको बताउँदै उनले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत उल्लेख गरेकी छन् ।
‘कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो’ केकीले गगनबारे अगाडि भनेकी छन्–‘राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता उहाँको प्रशंसनीय छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण