पर्यटन क्षेत्रले गति लिँदै
कोरोना भाइरस सङ्क्रमणले करिब दुई वर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ । त्यसको प्रमाण हो, यो नोभेम्बर अघिसम्म नेपालमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२२ को दशमहिना अवधिमा नेपालमा ४ लाख ७३ हजार ५६३ जना विदेशी पर्यटक भित्रिएका छन् ।
कोरोना संक्रमण सुरु हुनुअघि नेपालमा सन् २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटक भित्रिएका थिए । सरकारले कोरोनापछिको पर्यटक आगमनलाई २०२३ सम्म 'रिकभर' गर्ने लक्ष्य लिएको छ । सरकारी लक्ष्यलाई बल पुग्ने गरी सिजनको आगमन बढ्दै गएको पर्यटन बोर्डले बताएको छ ।
यो वर्षको अझै दुई महिना समय बाँकी रहँदा नेपालको वर्षभरि (२०२२) को आगमन ६ लाख नाघ्ने अपेक्षा पर्यटन बोर्डको छ । पर्यटकीय सिजनका अझै दुई महिना समय बाँकी रहँदा बोर्डको लक्ष्य पूरा हुने अपेक्षा रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण