सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : डेनियल जेम्स, वेल्स

सोमबार, ०५ मङ्सिर २०७९, २२ : ३६
सोमबार, ०५ मङ्सिर २०७९

पोजिसन : विंगर

उमेर: २५

डेनिय जेम्सलाई वेल्समा अर्काे ग्यारेथ बेल भनेर चिनिन्छ । २५ वर्षीय जेम्स अहिले विश्वकपमा वेल्सका लागि मुख्य खेलाडीका रूपमा रहेका थिए ।

म्यानचेस्टर युनाइटेडमा दुई सिजन बिताएका जेम्सलाई लिड्स युनाइटेडले २५ मिलियन युरोमा उनलाई खरिद गरेको थियो । त्यसपछि उनी लोनमा फुलहममा गए ।  विङ्गरको रूपमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेपछि वेल्स राष्ट्रिय टोलीले उनलाई सेन्टर फवार्डको रुपमा कतार विश्वकपका लागि पठायो ।

जेम्सले राष्ट्रिय टोलीका लागि ३८ खेलमा ५ गोल गरेका छन् । वेल्सका मुख्य प्रशिक्षक रोब पेजले भने, डान आउट एन्ड आउट स्ट्राइकर होइनन्,“ ‘उनी एक प्रतिभाशाली फुटबलर हुन् । टिमका लागि उनी धेरै मौकाहरू सिर्जना गर्न सक्छन् । उनीमा राम्रो क्षमता छ ।’

बेलसँगको साझेदारीमा उनले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई राम्रो नतिजा दिलाउने आशा वेल्सले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप