विकल्प खोज्दै मतदाता
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम सुरु भइसकेको छ । प्रारम्भिक नतिजा निर्वाचनपूर्वको अपेक्षाअनुसार नै आउने देखिन्छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले अग्रस्थानमा देखिएका छन् । तिनै दल नै पहिलो र दोस्रो हुने सम्भावना छ । यो अनुमान पहिलेकै हो ।
यति हुँदाहुँदै पनि यसपटकको निर्वाचनमा देशभरका मतदाताले परिवर्तन खोजेको सन्देश पनि स्पष्ट रूपमा दिएका छन् । निर्वाचनको केही महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्मानजनक मत प्राप्त गरिरहेकाले मतदाता परिवर्तनको पक्षमा छन् भन्ने पुष्टि हुन्छ । २०४६ देखि सत्ताको बागडोर सम्हाल्दै आएका राजनीतिक दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको र सधैँ सीमित व्यक्तिले मात्र सत्तामा हालीमुहाली गरिरहेको गुनासो रहेको बेला रास्वपाले राम्रो मत ल्याउन सफल भएको हो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण