चुनावैपिच्छे मतदाताले फरकफरक दल छान्दै
गणतन्त्र स्थापनापछि संविधानसभायता भएका चुनावमा मतदाताले फरकफरक दल छान्दै आएका छन् । देश शान्तिप्रक्रियामा प्रवेश गरिसकेपछि २०६४ सालयताका निर्वाचन परिणाम हेर्दा चुनावैपिच्छे जनताले विकल्पका रूपमा नयाँ र फरक दल खोजी गरेको देखिएको हो । निर्वाचनका बेला उम्मेदवारहरूले ठुला आश्वासन बाँड्ने तर परिणाम आफ्नो पक्षमा पारेपछि जनहितमा अपेक्षित काम नगर्ने भएकाले असन्तुष्ट मतदाताले नयाँनयाँ विकल्प र पार्टीहरूलाई स्थापित गर्ने र फेरि पुरानै दलमा फर्कने गरेको विगतको मतपरिणामले देखाएको छ ।
आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणाम हेर्दा मतदाताले मतपत्रमार्फत एकखालको आक्रोश व्यक्त गरेको देखिन्छ । सबैभन्दा कम मत खसेको यो निर्वाचनमा मतदाताले नयाँ अनुहार, नयाँ दल खोज्न थालेको प्रारम्भिक नतिजाले देखाउन खोजेको हो । सत्तामा रहेका ठुला भनिएका दलले गरेको गठबन्धनलाई जनताले सहज रूपमा स्वीकार नगरेको प्रारम्भिक नतिजाले देखाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण