एलन मस्कले निलम्बित खाता पुनः सञ्चालनबारे दिए अर्को जानकारी

ट्विटरका नयाँ मालिक एलोन मस्कले निलम्बित खाता कहिले पुनः सञ्चालन हुन्छ भन्नेबारे संकेत गरेका छन् । एलन मस्कले बिहीबार एक सर्वेक्षण सञ्चालन गरेका थिए जसमा उनले निलम्बित अकाउन्टलाई सामान्य माफी दिनेबारे प्रश्न सोधेका थिए ।
एलन मस्कले ट्वीट गरे, ‘कानुन नतोडेका वा गम्भीर स्प्याममा संलग्न नभएका निलम्बित खातालाई सामान्य माफीको प्रस्ताव गर्नु पर्छ कि पर्दैन ?’ यसमा ७२ प्रतिशतले माफी दिनुपर्ने र २७ प्रतिशतले दिनुपर्दैन भन्ने जवाफ दिए । अब एलन मस्कले माफी अर्को हप्तादेखि सुरु हुने बताएका छन् ।
उनले ट्विट गरेका छन्, ‘मानिसहरुले आफ्नो धारणा व्यक्त गरे । माफी अर्को हप्तादेखि सुरु हुनेछ ।’ केही समयअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्टबाट प्रतिबन्ध फुकुवा गर्नुअघि पनि एलन मस्कले पोल गरेका थिए ।
The people have spoken.
— Elon Musk (@elonmusk) November 24, 2022
Amnesty begins next week.
Vox Populi, Vox Dei.
पोलपछि ट्रम्पको ट्विटर एकाउन्ट पुनः सुरु गरिएको थियो । अमेरिकाको क्यापिटल हिल हिंसापछि डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट निलम्बन गरिएको थियो ।
एलन मस्कको नयाँ ट्वीट पछि धेरै निलम्बित खाताहरू पुनः सुरु हुने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?