कमजोर बन्यो कमल थापाको पार्टी, समानुपातिकमा पायो ६ हजार ९२२ मत
शनिबार, १० मङ्सिर २०७९, ०८ : ०५
राप्रपा अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल पुनर्गठन गरेका कमल थापा मंसिर ४ को निर्वाचनबाट कमजोर अवस्थामा देखिएका छन् । आफू सूर्य चिह्नबाट चुनाव लडेका थापाको पार्टीको समग्र अवस्था कमजोर देखिएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि थापाको पार्टीको मत कमजोर देखिएको हो । शनिबार बिहानसम्मको मतगणनाअनुसार थापाको पार्टीले जम्मा ६ हजार ९२२ मत पाएको छ। जवकी उनको पूर्वपार्टी राप्रपाले ३ लाख ८९ हजार २६० मत पाइसकेको छ । सूर्य चिह्नबाट चुनाव लडेका थापा मकवानपुर १ बाट तेस्रो भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण