विश्वभरिका समाजवादीहरूको साझा संगठनको उपाध्यक्षमा वरिष्ठ अधिवक्ता जिसी निर्वाचित

विश्वभरिका समाजवादीहरूको साझा संगठनमा अमेरिकाका वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी उपाध्यक्षमा निर्वाचित भएका छन् । गत नोभेम्बर २५ का दिन स्पेनको राजधानी मेडरिडमा सम्पन्न भएको अन्तराष्ट्रिय सम्मेलनमा जिसी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
उक्त सम्मेलनमा सहभागी हुने नेपालको तर्फबाट दुई जना खगेन्द्र जिसी र जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष र वेदप्रसाद खरेल नेपाली काग्रेसका पूर्व महासमिति सदस्यले भाग लिएका थिए । उक्त महासभामा ११७ देशका ३५० जनाको सहभागिता रहेको थियो ।
सोसल इन्टरनेसनलको अन्तर्राष्ट्रियको महासभामा प्रतिनिधिको रूपमा नेपाली कांग्रेसले भाग लिएको थियो । सोसल इन्टरनेसनलको अन्तर्राष्ट्रियको महासभाबाट स्पेनका प्रधान मन्त्री पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन् । त्यसैगरी महासचिवमा घानाका बेनेडिक्टा लासी सर्वसम्मत रूपमा चयन भएको स्पेनबाट वेद खरेलले बताए ।
भेटघाट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री मन्त्री पेड्रो सान्चेजले कोभिड-१९ कोवेलामा नेपाललाई गरेको सहयोगको बारेमा उल्लेख गरेको खरेलले जनाए नेपाली कांग्रेसका सभापतिद्वय, महामानव बीपी कोइराला र शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्रतिनिधित्व गरि उपाध्यक्ष जितेर प्रतिनिधित्व गरेको गौरवशाली सगठनमा उपसभापतिको रूपमा सर्वसम्मत भएकोमा खरेलले जिसीलाई बधाई दिनुको साथै हामी नेपाली काङ्ग्रेस समर्थकका लागि एउटा गौरवशाली क्षण हो भनि हर्ष व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा