माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी
नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो ।
त्यस्तै सोही समयमा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ ।
त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख कताएर छैठौं, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।
समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
-
विश्वकप २०२६ उद्घाटन समारोहः नेपालबाट कसरी हेर्न सकिन्छ ?
-
सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
-
तेस्रो ध्रुवको हिमनदी पग्लँदै : एसियाको जलसुरक्षामा बढ्दो जोखिम
-
कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र बोर्ड हटाउन निर्देशन
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण