प्रभाससँगको प्रेमको विषयमा बोलिन् कृति– ‘त्यो हल्ला गलत हो’
बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेममा रहेको चर्चाले पछिल्लो समय बलिउड गर्माएको छ । अभिनेत्री कृतिले भने प्रभाससँग अफेयर गलत हल्ला भएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै प्रभाससँग प्रेम नरहेको स्पष्ट पारेकी छन् । ‘एक रियालिटी शोमा अभिनेता वरुण धवनले मजाक गर्दै भनेको कुरा अफवाहको रुप अहिले फैलिएको हो’, कृतिले भनिन्– ‘यो हल्ला एकदमै गलत हो । यसमा केही सत्यता छैन ।’
उनले अगाडि भनेकी छन्, ‘न यो प्रेम हो न पिआर । हाम्रो भेडिया (वरुण धवन) एक रियलिटी शोमा केही बढी नै वाइल्ड भएका थिए । उसको मजाकपछि कयौं अफबाह फैलियो । कुनै पोर्टलले मेरो विवाहको मिति घोषणा गर्नुपूर्व म स्पष्ट पार्न चाहन्छु कि यो अफवाहबाट टाढा रहनुस् । यो अफवाह गलत छ । यसमा कुनै सत्यता छैन ।’
प्रभास अहिले दीपिकासँग निर्देशक नाग अश्विनको फिल्ममा काम गरिरहेका छन् । वरुणले दीपिकासँग काम गरिरहेको व्यक्ति भनेर प्रभासको नाम इंकित गरेका थिए । यसपछि मिडियामा कृति र प्रभास प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । कृति फिल्म ‘आदिपुरुषमा’ भने प्रभासको साथ देखिनेछन् । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वार्षिक ८ लाखसम्म आफ्नै गाउँमा कमाइ हुँदो रहेछ, किन विदेश गइरहनु ? ’
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण