जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा
सोमबार, १९ मङ्सिर २०७९, १३ : ०९
जिल्ला प्रहरी कार्यालय जुम्लाले जडिबुटी बोकेर आउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। डोल्पा जिल्लाबाट जुम्लातर्फ आउँदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टरमा नियन्त्रण लिइएको हो । मंसिर १८ गते बेलुका ७ बजेर ५० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ट्रयाक्टरमा सुनपाती नामक २० बोरा जडिबुटी रहेको प्रहरीले जनाएको छ ।
गुठीचौर गाउँपालिका– १ अस्थायी प्रहरी पोष्ट चौत्राबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको हो। जडिबुटीको छुट पुर्जी नभेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए । आवश्यक कारबाहीका लागि ट्रयाक्टर चालक र जडिबुटी डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
-
तस्बिरमा हेर्नुहोस् नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण