आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बर्दिबास साक्षर नगरको सूचीमा

आइतबार, २१ असार २०८३, १० : २८
आइतबार, २१ असार २०८३

महोत्तरी । बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ ।

शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले यो नगरलाई साक्षर घोषणा गरेका हुन् । 

विद्यालय जाने उमेर समूहबाहेक १५ देखि ६० वर्ष उमेर समूहका सम्बद्ध स्थानीय तहका कम्तीमा ९५ प्रतिशत बासिन्दा साक्षर भएपछि साक्षर भएकाले बर्दिबास साक्षर नगरको सूचीमा परेको हो । बर्दिबासले साक्षरताका १२ सूचक पूरा गरेको छ ।

नगर कार्यपालिकाको शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीका अनुसार नगरको कुल ७५ हजार जनसङ्ख्यामध्ये २५ हजार विद्यार्थी नगरक्षेत्रभित्रका ८० विद्यालयमा औपचारिक शिक्षामा आबद्ध छन्भने १५ देखि ६० वर्ष उमेर समूहका ४६ हजार ५२६ जनामध्ये ४५ हजार ३३२ जनाले साक्षरताको मापदण्ड पूरा गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख निर्मल घिमिरेले पछिल्लो समय जिल्लाका स्थानीय तहले साक्षरता कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाएका जानकारी दिँदै आर्थिक वर्ष २०८३÷०८४ मा जिल्लाका ६० प्रतिशत स्थानीय तहलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित अभियान जारी छ ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । यसअघि मनराशिशवा, मटिहानी र जलेश्वर नगरपालिका साक्षर घोषणा भएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप