बिरामी छोरी भेट्न जाँदा मणिपाल अस्पतालबाट खसेर आमाको मृत्यु

मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बिरामी छोरी भेट्न गएकी सराङ्कोटकी ६५ वर्षीय धनसरी धर्तीको ज्यान गएको कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले बताए ।
मुटुसम्बन्धी बिरामी भएर उपचाररत छोरीलाई भेट्न पुगेकी धनसरी अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको खड्काले बताए ।
स्रोतका अनुसार ६५ वर्षीय धनसरीले छोरी भेट्न सिँढी उक्लने क्रममा लडेर मृत्यु भएको हो । ‘अस्पतालको तेस्रो तलामा रेलिङ नहुँदा उहाँको मृत्यु भयो । उहाँले पनि रेलिङ नभएको मेसो नपाउँदा यस्तो दुर्घटना हुन पुग्यो,’ तेस्रो तलामै विरामी कुरिरहेका एकजनाले भने ।
घटनापछि आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । ‘परिवार र अस्पताल प्रशासनबीच शुक्रबार बेलुका वार्ता हुँदैछ,’ धनसरीका एक आफन्तले भने । धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत रहेकी प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केदारनाथ मन्दिर हिउँले ढाकियो
-
अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु
-
परराष्ट्रमन्त्रीको श्रीलंका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
-
एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने
-
परम्परागत पहिरनमा विद्यालय सञ्चालन गर्न म्यागङ गाउँपालिकाको निर्देशन
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी