सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो हाफमा क्रिष्टियानो रोनाल्डोको इन्ट्री

शनिबार, २४ मङ्सिर २०७९, ०३ : ००
शनिबार, २४ मङ्सिर २०७९

पहिलो हाफमा बेन्चमा बसेका पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको मैदानमा इन्ट्री भएको छ । पहिलो रोजाइमा नपरेका उनले दोस्रो हाफमा भने मैदानमा प्रवेश पाएका हुन् । 

यद्यपि पहिलो हाफमा पोर्चुगल १–० ले पछि परेको छ।  

पोर्चुगलविरुद्ध जारी विश्वकपको क्वार्टरफाइनलमा ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गोल गरेका हुन् ।  अल थुमामा रंगशालामा जारी क्वार्टरफाइनल खेलमा पहिलो हाफमा गोल खाएपछि पोर्चुगल दबाबमा परेको छ ।
तर, दोस्रो हाफमा रोनाल्डोको मैदान प्रवेशसँगै मैदानमा दर्शकले हुटिङ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप