शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै अदुवा खानुका यस्ता छन् हानी, डाक्टरमार्फत् थाहा पाउनुस् सही मात्रा

आइतबार, १० पुस २०७९, १५ : १०
आइतबार, १० पुस २०७९

अदुवाको चियाले जाडोमा राहत दिन्छ । अदुवाको प्रभाव तातो हुन्छ । रुघाखोकी, कफमा यो फाइदाजनक हुन्छ । यो दाँत र टाउको दुखाइका लागि पनि फाइदाजनक हुन्छ । अदुवामा ऊर्जा, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन, पोटासियम, सोडियम, जिंक, कपरजस्ता खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । यो भिटामिन सी, भिटामिन बी –सिक्स, भिटामिन – के, भिटामिन– ई को स्रोत पनि हो । तर बढी मात्रामा अदुवा खाँदा स्वास्थ्यमा पनि नराम्रो असर पर्न सक्छ । अदुवाले शरीरलाई हुने हानीबारे भारतकी डाक्टर रक्षा रानीले जानकारी दिएकी छिन् ।

गर्भावस्थामा समस्या आउन सक्छ

गर्भावस्थामा महिलाको शरीरमा धेरै आन्तरिक परिवर्तनहरू हुन्छन् । जसका कारण वाकवाकी लाग्ने, पेट दुख्ने, चक्कर लाग्ने, रक्तचाप कम हुने जस्ता स्वास्थ्य समस्या हुने गर्दछ । यस्तो अवस्थामा महिलाले अदुवाको अत्यधिक सेवन गरेमा रगत बग्ने र कब्जियतको समस्या हुन सक्छ । गर्भावस्थामा, डाक्टरको सल्लाह बिना आफ्नो आहारमा अदुवालाई धेरै समावेश नगर्नुहोस् ।

महिनावारीमा भारी रक्तस्राव

शरीरलाई तातो बनाउने अदुवाको सेवनले रगत पातलो हुन्छ । महिनावारीको समयमा अदुवाको अत्यधिक सेवनले धेरै रक्तश्राव हुन सक्छ र महिनावारी सामान्यभन्दा लामो समयसम्म रहन्छ । महिनावारीको समयमा अदुवाको प्रयोग थोरै मात्रामा गर्नुहोस् । पायल्सको समस्यामा अदुवाको सेवन गर्नु हुँदैन । यो हानिकारक साबित हुन सक्छ ।

उच्च रक्तचाप र मधुमेहमा हानिकारक

जाडोमा शरीरको रक्तसञ्चार कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई निकै गाह्रो हुन्छ । मधुमेहमा अदुवाको सेवन गर्नाले रगतमा चिनीको मात्रा कम हुनसक्छ । यदि तपार्इं यी रोगहरूका लागि औषधि खाँदै हुनुहुन्छ भने, अदुवाले यसमाथि पनि असर पार्नसक्छ ।

पेट खराब हुनसक्छ

अदुवाको प्रयोग दाल, तरकारी, चिया र अचारजस्ता चीजहरूमा गरिन्छ र खानामा अदुवाको मात्रा आवश्यकताभन्दा बढी भएमा झाडापखाला लाग्न सक्छ । खानामा अदुवाको सेवन संयमित मात्रामा गर्नुहोस् ।

जाडोमा कति अदुवा खाने

विज्ञहरूका अनुसार जाडोबाट राहतका लागि चिया वा  खानामा अदुवाको अतिरिक्त प्रयोग गर्नुहुन्छ भने तुरुन्तै बन्द गर्नुहोस् । चियामा मात्रै अदुवा हालेर खानुहोस् । तरकारीमा अदुवाको प्रयोग गर्नुहुन्छ  भने १ इन्चको टुक्रा काटेर हाल्नुहोस् । यसले थप स्वाद दिनेछ र योभन्दा बढी अदुवा पनि तपाईंले प्रयोग गर्नु पर्दैन । यदि कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्त डाक्टरलाई देखाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप