गायक राजु लामाको गीत 'गोरी न गोरी' सार्वजनिक
नेपाली गीत संगितको बजारमा चिर परिचित तथा पहिचान बोकेको नाम हो गायक राजु लामा । द भोइस अफ नेपालको जज भइ सकेपछि लामाको चर्चाले अझै आकाश छोएको छ । राजुले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् । सुमधुर स्वरका धनी राजु लामाले गाएको “ गोरी न गोरी बोल “ को गीतको भिडियो हाल सार्वजनिक भएको छ ।
केशु गुरुङले साथ दिएको उत्त युगल गीतमा संगीत र रचना उत्तम थापा मगरको रहेको छ । मनाङ्गको सुन्दर ठाउँहरूमा छायांकन गरिएको यस भिडियोमा अनुश लामा ,पुर्णिमा थोक्कर लामाको अभिनय रहेको छ । मिलन शंकर क्यामेरा मेन रहेको उत्त भिडियोलाई फराज अर्पनले सम्पादन गरेका छन् । ड्रोन अपरेटर अबिनाश मानन्धर रहेको छन् ।
समिप इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको यस गीतको भिडियोमा तामाङ शैलीको गीतलाई भिन्नै रूपले प्रस्तुति दिएर दर्शक स्रोता साँझ ल्याएको निर्देशक दिलिप समनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण