राजधानीको अपार्टमेन्टमा आगलागी, एकको अवस्था चिन्ताजनक
बुधबार, १९ पुस २०७४, २१ : २६
काठमाडौं–काठमाडौंको सानो गौचरणस्थित केएल रेसिडेन्ट अपार्टमेन्टमा बुधबार साँझ आगलागी भएको छ ।
आगलागीबाट एक जना घाइते भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी कूलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार भारतीय नागरिक वीरबल माझी घाइते भएका हुन् । शरीरको भाग जलेको अवस्थामा भेटिएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । उनको अवस्था चिन्ता जनक रहेको बताइएको छ ।
अपार्टमेन्टको पहिलो तलामा रहेको एक कोठामा आगलागी भएको हो ।
केमिकल रियाक्सनको कारण आगलागी भएको बताईको छ ।
घटनास्थलमा पुगेको दमकल तथा सुरक्षाकर्मीको सक्रियतामा केहिबेरमै आगलागी नियन्त्रणमा लिन सकिँदा अन्य स्थानमा आगो फैलिन नपाएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण