बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

८० प्रतिशत मानिसहरूले फेब्रुअरीसम्म बिर्सन्छन् नयाँ वर्षको संकल्प

शनिबार, १६ पुस २०७९, १४ : २२
शनिबार, १६ पुस २०७९

सन् २०२२ समाप्त हुँदैछ । हामी फेरि एकपटक त्यो मोडमा उभिएका छौं, जब हरेक पटक झैँ हामीले आफ्नो जीवन सुधार्ने संकल्प लिनेछौँ। 

नराम्रो बानी तोड्ने वा राम्रोलाई उठाउने जस्ता कुरा । नयाँ वर्षको पूर्वसन्ध्यामा संसारभर यस्ता संकल्पहरू लिइन्छ। हामी आफैलाई एक वा अर्को वाचा गर्छौं, तर सामान्यतया पालन गर्न असफल हुन्छौँ।

८०% मानिसले फेब्रुअरीसम्ममा नयाँ वर्षमा आफूसँग गरेका वाचा बिर्सन्छन् । १२% ले अर्को केहि महिनाभित्र रिजोल्युसन छोड्छ। ८ प्रतिशतले मात्रै आफ्ना वाचा पूरा गर्न सक्छन् । मनोवैज्ञानिकहरू भन्छन्, योजनाबिना भावनामा लिइएको संकल्प वा निर्णय लामो समय टिक्दैन।

समूहमा संकल्प लिनुहोस्, यसले दबाब सिर्जना गर्नेछ

न्यूयोर्क विश्वविद्यालयमा मनोविज्ञान र न्यूरोसाइन्सका सहयोगी प्रोफेसर भान बावेल र लेहाई विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक प्याकरले नयाँ वर्षको रिजोल्युसन बनाउन प्रभावकारी तरिका प्रस्ताव गरेका छन् । उनीहरु भन्छन्– नयाँ वर्षको सङ्कल्प एक्लै लिनुको सट्टा सामूहिक रूपमा लिनुहोस्। आफूलाई मात्र नभन्नुहोस्, तर समूहहरू बनाउनुहोस् र एक अर्कालाई भन्नुहोस् कि तपाईं यो वर्ष के गर्न वा परिवर्तन गर्न लाग्नुभएको छ।

उनीहरु थप्छन् –समूहको दबाब छ भने मानिसहरूलाई आफ्नो लक्ष्यहरू पूरा गर्न र जिम्मेवारीहरू महसुस गर्न मद्दत गर्दछ। उदाहरणका लागि, यदि तपाइँ स्वस्थ रहने वाचा लिदै हुनुहुन्छ भने, तपाइँसँग अरु व्यक्तिहरू थप्नुहोस् वा आफैँ समूहमा सामेल हुनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप