बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड

शनिबार, १६ पुस २०७९, १५ : ०८
शनिबार, १६ पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले यो कार्यकाल यो कार्यकालमा भाषण कम, काम धेरै गरेर जनताको सेवा गर्ने प्रतिज्ञा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न सबैलाई एकजुट हुन अपिलसमेत गरेका छन् । 

नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीको शपथग्रहण लिएर पहिलो क्याबिनेट बैठकबाट देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने ऐतिहासिक आवश्यकता, सङ्कटबाट पार लगाउनुपर्ने आवश्यकता, सुशासन कायम गर्नुपर्ने आवश्यकता, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीहरुबाट मुक्त गर्नुपर्ने आवश्यकतालाई इङ्गित गर्दै निर्णय गरिएको थियो ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको अनुशासन र विकासको आधारशीला भनेको शिक्षा भएको बताए । शिक्षाको गुणस्तरद्वारा नै एउटा सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रूपमा अघि बढाउन सकिने उनको भनाई थियो । 

प्रधानमन्त्री प्रचण्डले भने, ‘यस पटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई पुरा गर्दै जाने प्रतिबद्धता लिएको छु । मैले बाँकी जीवन विकास र सुशासनका लागि समर्पित गर्ने भनेर भनेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप