शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सभामुख घर्ती र बेलायती राजदूतबीच भेटवार्ता

बुधबार, २३ मङ्सिर २०७२, १३ : २१
बुधबार, २३ मङ्सिर २०७२

काठमाडौं– सभामुख ओनसरी घर्ती र नेपालका लागि वेलायतका राजदुत रिचार्ड मोरिसबीच आज भेटवार्ता भएको छ । सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा राजदूत मोरिसले दुई देश विचको आपसी सहयोग र मित्रतावढ्दै जाने कुरामा विश्वस्त रहेको विचार गरे । दुई देशबीचको सम्बन्ध आर्थिक, राजनीतिक र सांस्कृतिक रुपले समेत नजिकको रहेको स्मरण गर्दै उनले लामो समयदेखि नेपालीले वेलायती सेनामासमेत काम गरेको उल्लेख गरे ।

सो अवसरमा वेलायत र नेपालबीचको कुटनीतिक सम्वन्धको २०० औं वर्षगाठ आगामी वर्ष विभिन्न कार्यक्रमहरु गरी मनाउने कुरा जानकारी समेत राजदूतले सभामुखलाई गराएका थिए । यसै अवसरलाई समेत ध्यानदिई नेपालको सभामुख सहितको उच्चस्तरिय भ्रमणको लागि वेलायतले निम्तो दिएको र नेपालको संसद र वेलायतको संसद विच भ्रमण आदान प्रदानगर्दै लैजानु पर्ने र यसले दुई देश विचको सम्वन्धअझप्रगाढवनाउने धारणा व्यक्त गरे ।

सो अवसरमा सभामुख घर्तीले आफुलाई नेपाल र वेलायतको संसद सदस्य भ्रमणको आदन प्रदानलाई निरन्तरता दिंदै दुई देश विचको सम्वन्ध अझ विस्तार गर्नु पर्नेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप