मन्दिरको छानो लगाउन तामा सङ्कलन
झापा– झापाको अर्जुनधारा जलेश्वरधाममा तामाको छानो लगाउन दाताबाट तामाको भाँडाकुँडा सङ्कलन अभियान सुरु गरिएको छ ।
शनिअर्जुन–१ मा अवस्थित जलेश्वरधामको मूलमन्दिर पशुपतिनाथको प्रतिरुप जस्तै भएकाले यसलाई पूर्वको पशुपतिनाथको विशेषणले पुकारिएको हो ।
मूलमन्दिरमा छानो लगाउन सर्वसाधारण धर्मप्रेमीलाई घरमा प्रयोजनविहीन अवस्थामा रहेका तामाका गाग्री, खड्कुला, लोटा, थाल, कचौरालगायतका सामान दान गर्न सार्वजनिक अपिल गरेको ताम्रपत्र निर्माण उपसमितिका सहसंयोजक दीपक तामाङले बताए ।
विगत तीन दिनमा २०० किलो तामाका भाडाँकुँडा दानबाटै सङ्कलन भइसकेको जानकारी दिँदै उपाध्यक्ष तामाङले यसैवर्ष सम्पन्न गरिने छानो निर्माणमा तीन हजार किलो तामाको धातु आवश्यक पर्ने बताए ।
धाममा बालाचतुर्दशीका अवसरमा विशेषमेला लाग्ने गरेको छ । मेलामा सतबीज छर्न आउने भक्तजनलेसमेत तामाका भाँडाकुँडा दान गर्न ल्याउने अपेक्षा गरिएको निर्माण उपसमितिका सदस्य मनोज जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण