विद्युत सर्ट भई काठमाडौँमा आगलागी हुँदा लाखौँको क्षति
शुक्रबार, ०१ माघ २०७२, १८ : ०५
काठमाडौँ - काठमाडौँका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।
काठमाडौँको सरस्वतीनगरमा आज बिहान विद्युत सर्ट भई आगलागी हुँदा रु १९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सावित्रा भण्डारी, सुमित्रा भण्डारी र एकमाया श्रेष्ठले संयुक्तरुपमा सञ्चालन गरेको त्रिवेणी सपिङ सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको थियो । सोही सपिङ सेन्टरमा रहेको रचना घिमिरेको कस्मेटिक पसल र जिकेश श्रेष्ठको फार्मेसी पसलसमेत आगोले जलेर रु चार लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
यसैबीच सामाखुशीस्थित गोपालबहादुर केसीको सिद्धिविनायक इलेक्ट्रोनिक्स सप्लायर्स एन्ड लाइट हाउसमा आज विद्युत सर्ट भई आगलागी हुँदा करिब रु तीन लाख बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण