कांग्रेस नीति प्रतिष्ठानको बैठक आह्वान
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक ठ २७ गतेका लागि आह्वान गरिएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपास्थित बी।पी। स्मृति भवनमा बिहान ११ बजे बस्ने गरी बैठक तय भएको हो ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरेका छन् ।
उक्त बैठकमा विशेष गरी विभिन्न उपसमितिहरूका संयोजकहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा प्रतिष्ठानले तयार पारेको प्रस्तावित आन्तरिक आचारसंहितामाथि समेत विस्तृत छलफल हुने बताइएको छ । पार्टीको आन्तरिक पद्धतिलाई थप व्यवस्थित बनाउन ल्याइएको सो आचारसंहिताका विषयमा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन्।
यसका साथै बैठकले थप उपसमितिहरूको गठन र तिनीहरूको जिम्मेवारी निर्धारण गर्ने विषयमा समेत निर्णय लिनेछ । प्रतिष्ठानको कामलाई थप प्रभावकारी बनाउनका लागि विभिन्न क्षेत्रगत जिम्मेवारी बाँडफाँट गर्ने तयारी कांग्रेसले गरेको छ ।
बैठकको अन्त्यमा मुलुकको समसामयिक राजनीतिक अवस्था र विविध साङ्गठनिक विषयमा समेत छलफल हुने कार्यसूची रहेको पार्टीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण