सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद

सोमबार, २५ जेठ २०८३, १६ : २२
सोमबार, २५ जेठ २०८३

काठमाडौँ । प्रहरीले बर्दियाको मधुबन नगरपालिका–८ स्थित सानोश्री बजार बाट ठुलो परिमाणमा भन्सार छलिको सामान बरामद गरेको छ।

पिकअप भ्यान र बोलेरोमा भारतबाट ल्याएको ३७ सय ९० दर्जन काँचो केरा र लुकाएर राखेको अवस्थामा १८ लाख मूल्य बराबरको किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

काँचो केरा र गाडी सहितको बरामद मूल्य २५ लाख ५९ हजार र किराना सामानको मूल्य १८ लाख ८५ हजार कायम गरेर प्रहरीले सो सामान राजापुर भन्सार कार्यालयमा बुझाएको छ।

सबै सामानको मूल्य ४४ लाख कायम गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप