कंगना भन्छिन्– ‘१७ वर्षको उमेरमा शरीरिक शोषण भयो’
मुम्बाई – कंगना रनावतले आफूमाथि बलिउडकै एक व्यक्तिले करियरको सूरुआती दिनमा शोषण गरेको खुलासा गरेकी छिन् । यौन दुव्र्यवहार गर्न खोज्ने उक्त व्यक्तिलाई कंगनाले आफ्नो चप्पलले मात्रै हिर्काइनन् । प्रहरीमा समेत उजूरी दायर गरिन् । तर, कंगनाले उक्त व्यक्तिको नाम भने बताएकी छैनन् । उनले आफूमाथि दुव्यवर्हार गर्ने व्यक्ति बाबु समानको उमेरको रहेको बताएकी छिन् । उनले उक्त व्यक्तिले सबैभन्दा पहिलो टाउकोमा हिर्काएको बताएकी छिन् । प्रहरीले पनि उक्त व्यक्तिलाई सजाय नदिएर चेतावनी मात्रै दिएको उनले बताएकी छिन् । यस प्रकरणपछि मात्रै उक्त व्यक्ति कंगनाको पछि लाग्न छाडे । हिमान्चलदेखी मुम्बईसम्म कंगनाको यात्रा – हिमान्चलमा सन् १९८७ मा कंगनाको जन्म भएको थियो – उनी १६ वर्षको उमेरमा घर छाडेर दिल्ली आइन् – दिल्लीमा उनी अस्मिता थिएटर ग्रुपमा आबद्ध भइन् र नाटकमा सक्रिय रहिन् – २००५ मा उनी बलिउडमा काम खोज्दै मुम्बई आइन् – मुम्बईमा सुरुआती दिन उनी सस्तो होटलमा बस्थिन् । त्यसपछि साथिहरुसँग मिलेर कोठामा बस्न थालिन् । – मोडलिङ करियर सुरु गरेपछि कंगनाले सन् २००६ मा ग्याङस्टार फिल्म खेलिन् – यही चलचित्रबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितिन् । थुप्रैसँग जोडियो कंगनाको नाम करियरका सुरुआती दिनमा कंगनाको नाम आदित्य पन्चोलीसँग जोडिएको थियो दुई छोराका पिता आदित्यको उमेर कंगनाको भन्दा २१ वर्षले बढी छ । पत्नी जरीनालाई छाडेर आदित्य लामो समय कंगनासँग लिव–इन रिलेशनमा बसेको बताइन्छ । आदित्य पन्चलीसँग ब्रेकअपपछि कंगनाको नाम शेखर सुमनका छोरा अध्ययनसँग जोडियो । कंगनाको नाम अजय देवगन र बेलायती डाक्टर निकोलस लैफर्टीसँग पनि जोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण