असल जीवनमा भ्याम्पायर : जो पिउँछिन् प्रेमीको रगत
अस्टे«लियाको क्विन्सल्याण्ड बस्ने ३८ वर्षिया जर्जिया कान्डन आफूलाई भ्याम्पायर मान्छिन् । उनले प्रत्येक हप्ता दुई ब्वाईफ्रेन्डको रगत पिउने गरेको बताएकी छिन् । उनी यसो गर्दा स्वर्गीय आनन्द आउने बताउँछिन् । उनी भ्याम्पायरजस्तै देखिन नक्कली दाँत समेत लगाउछिन् । १२ वर्षको उमेरमा पिएकी थिइन् पहिलो पटक रगत जर्जियाले १२ वर्षको उमेरमा पहिलो पटक रगत पिएकी थिइन् । त्यतिबेला उनी ट्विलाईट, ट्रू ब्लड र भ्याम्पायर डायरी जस्ता चलचित्र तथा भूतका शोहरु हेर्ने गर्दथिन् । उनलाई बिस्तारै रगत पिउने तृष्णा बढ्न थाल्यो । १२ वर्षको उमेरमा पहिलो पटक रगत पिएकी जर्जियाले १७ वर्षको उमेरमा दोस्रो पटक रगत पिइन् । उनलाई अर्की एक युवतीले रगत पिलाएकी थिइन् । सुई र चक्कुदेखी डराउने ब्वाईफ्रेन्डले पनि रगत पिलाए जर्जियाका प्रेमि पहिलो सुई र चक्कुदेखी डराउँथे । उनले पहिलो पटक जमाएललाई भेट जमाएलले चक्कु र सुईदेखी डर लाग्ने बताएका थिए । तर जर्जियाले रगत पिउने बताएपछि उ रगत निकाल्न तयार भयो । २ वर्षदेखी उनीहरु एकअर्कालाई माया गर्छन् र प्रत्येक हप्ता जमाएलले जर्जियालाई आफ्नो शरिरको रगत पिलाउछन् । जमाएरले जर्जिया बाहेक अरुलाई आफ्नो शरिरको रगत खान नदिने कसम पनि खाएका छन् । आफैँलाई भ्याम्पायर मान्ने जर्जिया विभिन्न रोगबाट थलिएकी छिन् । उनलाई एनिमिया र थालासिमियाजस्ता रोग लागेको छ । उनी कुनै समय पागल समेत भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण