सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

४९ लाखको सिक्का, साट्ने कोही भएन

शुक्रबार, ०१ माघ २०७२, १८ : १६
शुक्रबार, ०१ माघ २०७२
एग्रीकल्चर बैँक, कस्न्ट्रक्शन बैँक र अन्य थुप्रै बैँकमा चक्कर लगाउँदा पनि कसैले समस्या नबुझेपछि चीनको हेनान प्रान्त स्थित झेगझोउ शहरमा झाङ सिक्का बेच्न बसेका छन् । आधी उमेर ढल्किसकेका यि व्यक्तिले लन्ड्री बिजनेस चलाएका छन् । तर आफ्ना कर्मचारीलाई तीन महिनाको तलब दिएका छैनन् । उनी ३ लाख युआन अर्थात झण्डै ४९ लाख नेपाली रुपैयाँ बराबरको पैसाका थैली बोकेर सडकमा बसेका हुन्छन् । उनले यो सिक्कालाई नोटमा बदल्न थुप्रै स्थानिय बैँकहरुलाई आग्रह गरे । तर स्थानिय बैँकहरुले यति धेरै सिक्का लिएर नोट दिन नसक्ने भन्दै असमर्थता देखाए । उनीसँग भएका सिक्काको वजन १ दशमलव ८ टन छ । यसलाई उनले आफ्नो प्लास्टिक ब्यागमा जम्मा गरेका छन् । प्रत्येक प्लास्टिकमा उनले कम्तिमा ५ सय सिक्का राखेका छन् । उनी यसबाहेक स्कूटर चार्जिङ पनि काम पनि गर्दथे । तर कर्मचारीलाई तलब दिन नसकेपछि उनले उक्त काम बन्द गरे । झाङको यो समस्या एक स्थानिय अखबारमार्फत राख्दै समस्या समाधान भएपछि आफ्ना कर्मचारीलाई तलब दिन प्रतिबद्धर रहेको बताएका छन् । झाङ भन्छन्–‘ म यस सिक्का कारणले निकै चिन्तित छु । यदी कुनै सुपरमार्केटलाई सिक्का चाहिन्छ भने कृपया मलाई सम्पर्क गर्नुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप