प्रधानमन्त्री भन्नुहुन्छः ‘मगर दाहिना हुँद प्रधानमन्त्री बन्न सफल भए’
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले विभिन्न जाति र समुदायका माग र भावनालाई यथोचित ढङ्गबाट सम्बोधन गर्दै जाने बताएका छन् ।
मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड माघे सङ्क्रान्तिका अवसरमा टुँडिखेलमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले मगरलगायत मुलुकका सबै जातजातिको सहयोगमा आफू प्रधानमन्त्री बन्न सफल भएको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “मुलुकको उपराष्ट्रपति, सभामुख, मन्त्री र राज्यमन्त्री मगर समुदायका व्यक्ति हुनुहुन्छ, मगर दाहिना भएकाले नै आफू प्रधानमन्त्री बन्न सफल भएको हुँ । केही व्यक्ति आफ्नो पाइलो मेट्न लागे पनि मगर दाइना भएकाले कसैको केही लाग्दैन ।”
माघे सङ्क्रान्ति सम्पूर्ण नेपालीको चाडका रुपमा रहेको बताउँदै ओलीले नेपाली समुदायले यसलाई आफ्नो संस्कृति, परम्पराअनुसार मनाउँदै आएको बताए ।
विकासको धिमा गतिमा मुलुक रहेकामा आफूलाई त्यो स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै उनले कठिन र अप्ठ्यारो परिस्थितिलाई अन्त्य गर्दै तीव्ररुपमा विकासलाई अघि बढाउन आवश्यक रहेको बताए । संविधानमा कस्तो हेरफेर गर्ने हो, त्यो नेपाली जनताको नैसर्गिक अधिकार हो भन्दै प्रधानमन्त्री ओलीले जनताले इच्छा गरेअनुरुप संविधानमा सुधार र सम्बोधन हुँदै जाने बताए । समारोहमा राज्यमन्त्री नरदेवी पुनमगर, पूर्वमन्त्री बालाराम घर्तीमगर, सांसदद्वय गोकुल घर्तीमगर, अमर पुनमगरलगायतले मगर जातिको उत्थानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
मगर समुदायको लोकप्रिय नृत्य कौरा, धिमे नाथको साथै मगर संस्कृति र परम्परा झल्कने विभिन्न गीत सङ्गीत प्रस्तुत गरिएको थियो ।
समारोहमा प्रधानमन्त्रीलाई मगर समुदायको पहिरन ‘भाङ्ग्रा’ पहि¥याएर सम्मान गरिएको थियो भने प्रधानमन्त्रीले मगर समुदायका युवतीलाई टीका लगाई आशीर्वाद प्रदान गरेका थिए थियो ।
यसअघि मगर संस्कृति झल्कने विभिन्न स्थानबाट झाँकीसहितको ¥याली टुँडिखेल पुगेको थियो । शनिबारसम्म चल्ने मगर–माघे सङ्क्रान्ति पर्वमा मगर दोहोरी गीत तथा नृत्य प्रतियोगिता हुने आयोजक नेपाल मगर सङ्घले जनाएको छ । मुलुकका विभिन्न जिल्लाबाट राजधानी आई बसोबास गर्दै आएका मगर समुदायले हरेक वर्ष टुँडिखेलमा जम्मा भएर माघी पर्वलाई उत्सवका रुपमा मनाउँदै आएका छन् ।
कुल जनसङ्ख्याको ७।१ प्रतिशत अर्थात् करिब २५ लाख जनसङ्ख्या रहेको मगर जनजातिमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको समुदाय हो । मुलुकका सबै जिल्लामा बसोबास भए पनि खासगरी मध्यपश्चिमाञ्चल क्षेत्रमा उनीहरुको बाहुल्यता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण