टिचिङ हस्पिटलमा उपचाररत मियाँको स्वाइन फ्लुका कारण मृत्यु
शनिबार, ०२ माघ २०७२, ०८ : १५
दमौली–तनहुँका एक मुस्लिम युवकको स्वाइन् फ्लुका कारण मृत्यु भएको छ ।
ब्यास–२ डाङ्ग्रेखोल्सी निवासी ४१ वर्षीय युसुफ मियाँको स्वाइन् फ्लुका कारण मुत्यु भएको छिमेकी गोरा मियाँले बताए । दुई हप्ताअघिदेखि ज्वरोले थलिएका युसुफलाई गत शनिबार मणिपाल शिक्षण अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि मङ्गलबार हेलिकप्टरबाट ग्रान्डी अस्पताल काठमाडौँ लगिएको थियो ।
ग्राण्डीबाट पनि टिचिङ अस्पताल लगी भाईको उपचार भइरहेको थियो दाजु याकुब मियाँले भने– “उक्त अस्पतालले शुक्रबार बिहान मृत घोषणा गरी उनलाई स्वाइन फ्लु पोजेटिभ देखिएको पुष्टि गरेको छ ।”
ग्राण्डी अस्पतालले थाइल्यान्ड पठाएको रिपोर्टमा समेत ती युवकमा स्वाइन् फ्लु पोजेटिभ देखिएको चिकित्सकलाई उद्धृत गर्दै मृतकका आफन्तले बताए । मृतक ती युवकको शव आफन्तले आजै बुझेर ब्यास–११ स्थित कव्रस्थानमा दफन गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण