सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अब संविधान कार्यान्वयनको चरणमा जानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

शनिबार, ०२ माघ २०७२, ०८ : १८
शनिबार, ०२ माघ २०७२

गुल्मी– प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशको स्थायित्व र विकासका लागि सधैं संविधानको विषयमा अल्मलिन नहुने भन्दै अब त्यसको कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् ।

जिल्ला अदालत गुल्मीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले अदालत संविधानको विकल्प खोज्ने ठाउँ नभएको भन्दै संविधानको विकल्प खोज्ने राजनीतिक प्रक्रियाको विषय भएको बताए ।

उनले संविधान आफैँ क्रियाशील हुँदैन भन्दै त्यसलाई क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिए ।

राजनीतिका लागि राजनीति गरेर मात्र यो देश अघि बढ्न नसक्ने बताउँदै श्रेष्ठले अबको राजनीति विकास केन्द्रित, न्याय केन्द्रित, सभ्यता, अग्रगामी र अग्रमुखी पद्दतिको निर्माणमा लाग्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप