सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सिरहाको मिर्चैयामा बम बिस्फोट

शनिबार, ०२ माघ २०७२, ०८ : २५
शनिबार, ०२ माघ २०७२

सिरहा– सिरहामा केही समय यता श्रृंखलाबद्ध रुपमा बम विस्फोट भइरहेको छ । सिरहाको मिर्चैयामा शुक्रबार साँझ बम बिस्फोट गरिएको छ । सिरहाको मिर्चैयामा रहेको सिला पेट्रोल पम्पमा बम बिस्फोट गरिएको छ । ६ महिनादेखि तराई मधेसमा आन्दोलन जारी रहेपनि सिला पेट्रोल पम्पले ईन्धन कालोबजारी गरिरहेकोले चेतावनी स्वरुप बम बिस्फोट गराइएको जनतान्त्रीक टाईगर जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहले जानकारी दिए ।

चेतावनीस्वरुप भन्दै सिराहमा बम बिस्फोट इन्धन कालोबजारी नगर्न भनेपनि नमानेकोले चेतावनी स्वरुप बम बिस्फोट गराइएको अध्यक्ष सिंहले दाबी गरे । पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहको नेतृत्वमा पार्टीका सिरहा इन्चार्ज अबिनास त्यागीसहितका कार्यकर्ताहरुको समूहले बम बिस्फोट गरेको छ । बम बिस्फोट भएपछि स्थानीयहरु त्रसित भएका छन् । यसैबिच, मधेश विरोधी संविधानमा हस्ताक्षर गर्ने सभासद्हरुलाई पनि सरकार छाडेर तराई झर्न आह्वान गरिएको जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष सिंहले बताए । यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । श्रृंखलाबद्ध रुपमा बम बिस्फोट भएपछि प्रहरीले सुरक्षा सर्तकर्ता बढाएको छ । यसअघि सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेट्रोल पम्पमा पनि जनतान्त्रिक टाईगर जनशक्ति पार्टीले बम बिस्फोट गरेको थियो । बिस्फोट बाट कुनै क्षति नभए पनि बमको ठूलो अवाजले मानिसहरुमा त्रास फैलिएको छ । सिरहामा चेतावनी स्वरुप तीन दिनमा दुई पेट्रोल पम्पमा बम बिस्फोट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप