सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अपहरणपछि हत्या गरिएको बालकको संवेदनामा मैनबत्ती जुलुस

शनिबार, ०२ माघ २०७२, ०८ : ३१
शनिबार, ०२ माघ २०७२

जलेश्वर–महोत्तरीको भटौलिया गाविस घर भएका एक बालकको अपहरणपछि हत्या भएपछि उनको आत्माको चिरशान्तिको कामना गर्दै शुक्रबार साँझ मैनबत्ती जुलुस निकालिएको छ । जलेश्वर अस्पतालचोकबाट सुरु भएको जुलुस दुर्गाचोक आएर पुन अस्पताल चोकमा पुगेर बालकको आत्माको चिरशान्तिको कामना गर्दै समापन भएको छ । जीवन ज्योती युवा क्लबको पहलमा निस्केको जुलुसमा स्थानीय युवा, वृद्ध, बालकलगायत सयौंको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष उपेन्द्र चौधरी स्थानीय युवा सुनिल पासवान, माईकल वर्मा लगायतको विशेष प्रयासमा जुलुस निकालिएको थियो । जुलुसलाई समामपन गर्दै सुरेन्द्रलाल कर्ण, राजेश्वर ठाकुर, दिनेश साह, महेन्द्र महतोले बालहत्याको विरोध गर्दै अपराधीलाई कडाभन्दा कडा सजायको माग गरेका थिए । भटौलिया–२ निवासी रविन्द्र महासेठका ८ वर्षीय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठलाई गत आइतबार अपहरण गरि हत्या गरेकोमा मंगलवार विहान २ बजे गाडेको अवस्थामा खोजतलासको क्रममा एकडारा बेला गाविस वडा नं–७ स्थित गहुँ खेतको आली छेउमा गाडिएको अवस्थामा लास फेला परेको थियो । बच्चाको हत्या अभियोगमा भटौलिया वडा नं. ३ वस्ने वर्ष १९ को अनिस कुमार साह, सोहि गाविस वडा नं. २ वस्ने वर्ष २१ को सुधिर कुमार साह र वडा नं. १ बस्ने बर्ष १८ को सावीर अंसारीलाई प्रहरीले नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धानमा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप