सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नितिका कर्माचार्य मिस इ–कलेज सिजन ६ की बिजेता

शनिबार, ०२ माघ २०७२, ०८ : ५५
शनिबार, ०२ माघ २०७२

काठमाडौं–‘मिस इ–कलेज सिजन ६’ को उपाधि आइन्टाइन कलेजमा ब्याचलर प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया नितिका कर्माचार्यलेले चुम्न सफल भइन् भने उनले पर्सनालिटी अवार्ड पनि हात पारिन । शुक्रबार साँझ राजधानीको नाचघर जमलमा सम्पन्न सो प्रतियोगितामा आफ्ना १५ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । मिस ईकलेज उपाधि जितेबापत उनले एक लाख ५६ हजार बराबरको स्कुटर क्याम्पियन कलेजको तर्फबाट रु १ लाख बराबरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन । नेपाल एयरहोस्टेज एकाडेमीको तर्फबाट रु २० हजारको निशुल्क तालिम र फेशन सेन्टर भाटभटेनीको तर्फबाट १० हजार बराबरको साडी उपहार प्राप्त गरिन् साथै अन्य उपहारहरु पनि हात पारिन् । उत्कृष्ट दशको चयनपछि अन्तिममा सोधिएको प्रश्नमा जीवनको अन्तिम क्षणमा पुगेको व्यक्तिलाई कसरी प्रोत्सान गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर नीतिका कर्माचार्यलले यो उपाधि जितेकी हुन् । यो उपाधिले आफुलाई जीवनमा अझ धेरै सफलता हाँसिल गर्ने प्रेरणा मिलेको उनले बताइन् । सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि लिटिल एन्जल कलेजमा अध्ययरत १८ वर्षीया प्राची अर्यालले जितिन् भने अधिकारीले उपाधिसँगै मिस ट्यालेन्टको अवार्ड पनि हात पारिन भने सिटिभि मोवाइलको तर्फबाट मोबाइल÷ट्याब, क्याम्पियन एकाडेमीको तर्फबाट रु ५० हजार बराबरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन भने नेपाल एयरहोस्टेज एकाडेमीको तर्फबाट रु २० हजारको निशुल्क तालिम साथै उनले विभिन्न उपहार प्राप्त गरिन् । कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि प्रतिक्षा बाँनियाले साथै उनले सिटिभि मोवाइलको तर्फबाट मोबाइल मोबाइलसेट, क्याम्पियन एकाडेमीको तर्फबाट रु ५० हजार बराबरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन भने नेपाल एयरहोस्टेज एकाडेमीको तर्फबाट रु २० हजारको निशुल्क तालिम साथै उनले विभिन्न उपहार प्राप्त गरिन् । उनले उपाधिसँगै विभिन्न उपहार प्राप्त गरेकी थिइन् । बाँनियाले ‘व फेन्डसिप अर्वाड’को उपाधि पनि सो प्रतियोगितामा हात पारिन । कार्यक्रमको निर्णायकमा मिस नेपाल १९९९ कि विजेता श्वेता सिह, चलचित्र निर्देशक तथा नायक आकास अधिकारी, क्याम्पिएन एकेोमीका प्रिन्सिपल नविनमान श्रेष्ठ, पत्रकार गोविन्द नेपाल, वरिष्ठ फोटोग्राफर राज भाइ सुवाल र मिसेज हेरीटेज २०१५ की विजेता रजनी थापा रहेका थिए । ‘मिस इ–कलेज सिजन ६ संस्करण’मा अन्य विभिन्न उपाधि पनि राखिएको थियो । जसअन्तर्गत ‘ब्युटिफुल आईज’को उपाधी सुमित्रा थानेटले हाँसिल गरिन् । ‘अर्गनाईजर च्वाईस अवार्ड’ अनुसा श्रेष्ठले जितिन् । यस्तै ‘वेष्ट ड्रेसको अवार्ड विजिन्ता रानामगर र वेष्ट हेएरकोे उपाधि मैना पुनमगरले हात परिन् । यसैगरी सो कार्यक्रममा ‘मिस डिसिप्लेन’को उपाधि मोनीका तामाङले प्राप्त गरिन् । ‘बेष्ट वाक’को उपाधि सन्जिमा गोपालीले पाईन भने ‘मिस स्माइल’को उपाधि ज्ञानी आचार्यले हाँसिल गरिन् । यस्तै ‘मिस फोटोजेनिक’को उपाधि विजिता श्रेष्ठले प्राप्त गरिन् भने मिस एकाडेमीक अवार्ड सिर्जना गुरुङले पाइन् । भने मिस पपुलर सन्ध्या मगरले हात पारिन, मिस पङ्चुवालीटीमा सरस्वती श्रेष्ठले हात पारिन् । फेसबुक आवर्ड पवित्र श्रेष्ठले हात पारिन् । कलेज स्तरमा अध्ययनरत १६ देखि २४ वर्ष सम्मका छात्राहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतीको लागि सिजन मिडियाले गत ६ वर्षदेखि निरन्तर यो प्रतियोगिता गर्दै आएको आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा बताए । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । सो कार्यक्रममा मनोरञ्जन प्रधान तुल्याउन विभिन्न कलाकारले नृत्य एवं गीत समेत प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप