नेपाल भरका ५०० बढी लायन्स प्रतिनिधिको सौराहामा भेला
चितवन–नेपाल लायन्स फाउन्डेसनको पहिलो राष्ट्रिय सम्मेलन चितवनको रत्ननगरस्थित सौराहामा सुरु भएको छ ।
शुक्रबारदेखि सुरु दुईदिने सम्मेलनमा देशभरका ५०० भन्दा बढी लायन प्रतिनिधि सहभागी छन् । उक्त सम्मेलनको लायन्स क्लब इन्टरनेसनल मल्टिपल काउन्सिल चेयरपर्सन रमेशकुमार अग्रवालले उद्घाटन गरे ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ का गभर्नर डिके ढुङ्गानाले अहिलेसम्म नेपालमा चार वटा डिस्ट्रिकबाट फाउन्डेसनमा रु चार करोड रकम सङ्कलन भएको र बी २ को मात्रै सवा करोड जम्मा भएको जानकारी दिए । लायन्सले सोही कोषमार्फत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ नेपालको आयोजना तथा लायन्स क्लब अफ चितवन राइनो सिटी रत्ननगरको आतिथ्यतामा सम्मेलन सुरु भएको कार्यक्रम संयोजक लायन नीरज श्रेष्ठले जानकारी दिए ।
सम्मेलन सफल पार्र्न करिब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । सबै रकम लायनबाटै उठाइएको आर्थिक समितिका संयोजक लायन वेदप्रसाद आचार्यले जानकारी दिए ।
चितवनको कृषि र पर्यटनको प्रवद्र्धनका लागि सम्मेलनमा सहभागीलाई आज सो क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय गरेको सम्मेलन मूल समारोह समितिका संयोजक नीरज श्रेष्ठले जानकारी दिउ ।
सीप सिकाउन विभिन्न जिल्लाबाट आएका लायन टोलीलाई सम्मेलनको दोस्रो दिन आज चितवनको कृषि पकेट क्षेत्रमा भ्रमण गराउने कार्यक्रम तय भएको जनाइएको छ ।
सहभागीलाई चितवन कुमरोजको नेपालकै नमुना लालीगुँरास गाई फार्म, केरा बगान, माछापोखरी र पर्यटनतर्फ हात्ती प्रजनन केन्द्र र चेपाङ संरक्षण केन्द्रको भ्रमण गराइने छ ।
सो क्रममा लायन्स क्लबलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण