विद्यालय भवनका लागि रु १६ करोड
बैतडी– जिल्ला शिक्षा कार्यालय बैतडीले यो वर्ष करिब रु १६ करोड खर्चेर विद्यालय भवन निर्माण तथा पुनःनिर्माण गर्ने भएको छ ।
शिक्षा विभागबाट प्राप्त अनुदानका आधारमा जिल्लामा आठ कोठे पाँच वटा, छ कोठे पाँच वटा, चार कोठे आठ वटा, तीन कोठे २१ वटा, दुई कोठे १२ वटा र छात्रा शौचालय १२ वटा निर्माण हुने जिशिका बैतडीले जनाएको छ ।
भूकम्पबाट सामान्य क्षति भएका १४२ र अधिक क्षति भएका ५५ विद्यालयको मर्मत गरिने छ । कक्षाकोठा पुनःस्थापनाअन्तर्गत १३ विद्यालयमा निर्माणको काम हुने निमित्त जिल्ला शिक्षा अधिकारी शङ्करदत्त भट्टले बताए । उनले भने – “बाह्य वातावरणअन्तर्गत ३८ वटा विद्यालयमा सहयोग गरिनेछ ।”
आठ कोठे, छ कोठे र चार कोठे भवन निर्माणका लागि दुई वर्षको अवधि तोकिएको छ भने बाँकी चालु आवभित्र नै सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ । आठ कोठे भवन निर्माणका लागि प्रति भवन ६४ लाख लागत रहेको र यो वर्ष रु २४ लाख निकासा हुनेछ । छकोठे भवनका लागि रु ४८ लाख लागत रहेको छ । यो वर्ष १८ लाख निकासा हुने बताइएको छ ।
यस्तै, चार कोठे भवनका लागि रु ३२ लाख लागत रहेको र यो वर्ष १८ लाख निकासा हुने छ । जिल्लामा विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि विद्यालयको छनोट भइसकेको निमित्त जिल्ला शिक्षा अधिकारी भट्टको भनाइ छ । शिक्षा विभागले नै भवन निर्माणका लागि निर्देशिका तयार पारेको र सोहीअनुसार विद्यालय छनोट गरिएको छ । गएको पाँच वर्षयता भौतिक पूर्वाधार निर्माण नभएका, एसएलसीमा नतिजा राम्रो आएका, शैक्षिक उपलब्धि राम्रो भएका, छात्रछात्राको सङ्ख्याका आधारमा विद्यालय छनोट गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण