सिरहामा लागुऔषध नियन्त्रण सम्बन्धीे प्रहरी विद्यालयमा जनचेतना जगाउँदै
सिरहा–सिरहामा लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लागु औषधविरुद्धको अभियान भन्ने मुल नाराका साथ लागुऔषध नियन्त्रण सम्बन्धी विद्यालय अभिमुखीकरण कार्यक्रम सिरहाको गोलबजारमा रहेको भिजन इन्टरनेसनल एकेडेमीमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको अगुवाईमा गरिएको अभिमुखिकरण कार्यक्रमा विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का ६० जना छात्र÷छात्राहरुलाई पावर प्वाईन्ट प्रोजेक्टरको माध्यमद्वारा लागुऔषध नियन्त्रण सम्बन्धी जानकारी दिइएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारले लागु औषधविरुद्ध जनचेतना मुलक हातेपुस्तिका समेत वितरण गरेको छ । सिरहामा खुला सिमाना भएकोले युवाहरु भारतबाट लागुऔषध फेन्सिडिल फेनार्गन कोरेक्स दाइजोपन लगायत लागुऔषध सेवन गर्ने गर्छन् । सिरहामा लागुऔषध सेवन गर्ने अधिकांश १० देखि १९ बर्षका युवाहरु लागु औषध सेवन गर्ने गर्छन् । जिल्ला कारागार सिरहामा तीन सय ९ कैदी बन्दिमध्ये अधिकाशं लागुऔषध मुद्दाका कैदीबन्दि रहेको जिल्ला कारागार सिरहाले जनाए को छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण