प्रवासीहरुले खोजी पत्रकारितालाई पुरस्कृत गर्ने
शनिबार, ०२ माघ २०७२, १० : ५३
साउदी अरब–प्रवासी नेपालीहरुले खोजी पत्रकारितालाई प्रोत्साहन गर्न खोजमुलक पत्रकारिता गर्ने पत्रकारहरुलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपालीहरुको नवगठित अन्तर्राष्ट्रिय संगठन "नेपाली साझा मंच"ले 'देशका लागि केही त गरौ' भन्ने अभियान अन्तर्गत नेपालमा खोजी पत्रकारिता गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्ने भएका हुन् ।
मंचले खोजी पत्रकारितालाई प्रोत्साहन गर्दा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने छ । त्यसैगरी राज्यको स्रोत, साधन र शक्तिको सदुपयोग गराई अनियमितता, भ्रष्टाचार र विकृति विसंगतिलाई न्यूनिकरण गर्न समेत योगदान पुग्ने ठहर गरेको छ ।
मंचका अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठका अनुसार यस अभियानलाई सफल बनाउन विभिन्न जिल्लाबाट वैदेशिक रोजगारका क्रममा प्रवासमा रहेका नेपालीहरुलाई संयोजन गरेर मंचले हरेक जिल्लाका खोजी पत्रकारिता गर्ने १ देखि ४ जना पत्रकारलाई जनही २५ हजार रुपैयाँले पुरस्कृत गर्ने छ ।
यसैबीच मंचको अन्तर्राष्ट्रिय संजाल अन्तर्गतको साउदी अरब शाखाको शुक्रबार जुबैलमा भएको भेलाले सुनसरीका ४ जना खोज मुलक पत्रकारिता गर्ने पत्रकारलाई जनही २५ हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय अभियन्ता तथा सुनसरी जिल्लाका संयोजक देवेन्द्र सुवेदीका अनुसार अर्का अन्तर्राष्ट्रिय अभियन्ता, नेपाल साउदी हेल्पिंग हेण्डसका संयोजक तथा न्यू अन्नपूर्ण नेपाली होटलका व्यवस्थापक शिरी लिम्बूले यस कार्यक्रमको सफलताका लागि एक लाख दस हजार रुपैयाँ सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका छन् । सुनसरीमा रहेर खोजी पत्रकारिता गर्ने पत्रकारहरुको वर्षभरीको समाचारको मुल्याँकन पश्चात् ४ जना पत्रकारलाई पुरस्कृत गर्ने छ । पुरस्कार नेपाल पत्रकार महासंघको जिल्ला शाखाको सहयोगमा प्रदान गरिने छ ।
मंचले खोज मुलक पत्रकारिता गर्ने पत्रकारहरुले आफ्ना प्रकाशित समाचारहरु समूहको फेसबुक संजालमा शेयर गर्नुपर्ने र सो समाचारको प्रभाव नै पुरस्कृत गर्ने मूख्य आधार हुने जनाएको छ ।
मंचको अन्य अन्तर्राष्ट्रिय अभियन्ताहरुमा शशी थापा सुब्बा, कृष्ण बजगाई र विष्णु दिकुला देवान युके, किशन वाहिंग राई र देवराज राइ हङकङ, रमेशचक्र खडका, भगवती बस्नेत, शकुन्तला जोसी र विनिता दाहाल इवारम ईजरायल, डिल्ली तुम्रोक मकाऊ, ईन्द्र श्रेष्ठ अमेरिका, शोम तामाङ युएई, शोमा थापा अधिकारी स्वीडेन, गगन नेपाली कुवैत, प्रविण राइ क़तार, राजेन्द्र बजगाई जर्मन, खगेन्द्र पराजुली कोरिया, लक्ष्मण थापा मलेसिया, सूर्यविक्रम याक्खा, नवराज काफ्ले, बिदुर पौडेल, बलराम खड्का, ओम शर्मा, प्रेम राई, तेजकुमार श्रेष्ठ र अंजनी कुमार साउदी अरब लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण