सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा प्रभातफेरी

शनिबार, ०२ माघ २०७२, ११ : ०१
शनिबार, ०२ माघ २०७२

तुलसीपुर–१८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा तुलसीपुरमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘भूकम्प प्रतिरोधी घर संरचना, सुरक्षित नेपाल– हाम्रो चाहना’ वैशाख १२ मा गइहाल्यो भुईंचालो, सुरक्षित पुर्ननिर्माणमा जुट्ने हाम्रो पालो’भन्ने नारका साथ विभिन्न सचेतना लेखिएका ब्यानर र प्लेकार्डसहित तुलसीपुर बजार परिक्रमा गरिएको थियो । तुलसीपुर नगरपालिकाको आयोजना तथा डमर्की व्यवसायी समिति दाङ, रोटरी क्लब अफ तुलसीपुर सिटि, एनसेट नेपालको सहकार्यतामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

प्रभातफेरीपछि आयोजना गरिएको कोणसभामा बोल्दै तुलसीपुर नगरपालिकाका इन्जिनियर पवनकुमार योगीले बलियो निर्माणका लागि सबै लाग्नुपर्ने भन्दै भूकम्प प्रतिरोधात्मक निर्माणका लागि एनसेट नेपालको सहयोगमा ९३ जना निर्माण व्यवसायी र डकर्मीहरुलाई तालिम दिएको बताए । त्यसैगरी आगामि दिनमा पनि बलियो निर्माणका लागि तालिमको आयोजना गरिने उनले बताए । योगीका अनुसार यस क्षेत्रमा १० प्रतिशतमात्र भूकम्प प्रतिरोधात्मक घरहरु रहेकाले नगरपालिकाले भवन निर्माण आचारसंहितामा कडाई गरेको बताए ।

तुलसीपुर नगरपालिकाका निमित कार्यकारि अधिकृत सुभाष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, डकर्मी व्यवसायी समितिका अध्यक्ष यज्ञबहादुर बुढा, रोटरी क्लबका अध्यक्ष ललित घर्ती, संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, पूर्व–अध्यक्ष अनुपकुमार श्रेष्ठ, समाज कल्याण अधिकृत टोपबहादुर डाँगी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीलगायतले वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा धेरै क्षति पु¥याएको भन्दै सुरक्षित पुननिर्माणमा जुट्नुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी कार्यक्रममा निमित्त कार्यकारी अधिकृत सुभाष गौतमले तुलसीपुर नगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ देखि भवन निर्माण कार्यमा नगरपालिकाले कडाई गरेको भन्दै सबैले यसमा सहयोग गर्नुपर्ने बताए । नगरपालिकाका इन्जिनियर पवनकुमार योगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सव–इन्जिनियर खड्ग विश्वकर्माले गरेका थिए । नेपाल उद्योगी व्यवसायी, निर्माण व्यवसायी, पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको प्रभातफेरीमा सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप