कार्यदलको लम्बेतान : तीन दल भन्छन्, ‘गृहकार्य पुगेन’
काठमाडौ – प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सहमतिका लागि गठन भएको कार्यदलले शुक्रबार पनि कुनै निष्कर्ष निकाल्न सकेन । सहमतिका लागि गठन भएको कार्यदलमा रहेका प्रमुख तीन दलका नेतारुले कार्यविधिको बारेमा शीर्षतहमा छलफल गर्नका लागि एक दिनको समय माग गरेको थियो तर दुई दिन वितिसक्दा पनि उनीहरु विना तयारी बैठकमा आउँदा बैठक बिना निष्कर्ष टुगिंएको छ । मधेशी मोर्चाले प्रस्तुत गरेको ११ बुँदाको बारेमा छलफल भइसकेको छ तर त्यसमा कसरी सहमति जुटाउन कार्यविधि बनाउनु पर्ने कुरा उठेको थियो । सिमांकन, निर्वाचन क्षेत्र निर्धारण, समावेशी समानुपातिकलगायतका विषयमा कसरी सहमति जुटाउन सकिन्छ, कुन आधारमा कसरी सहमति जुटाउने हुने सहमतिका विश्वासका आधारहरु के के हुन् ती विषय पहिला नै टुगों लाग्नुपर्ने कुरा मधेशी मोर्चाले उठाएपछि प्रमुख तीन दलका नेताहरुले यी विषयमा एक पटक शीर्षतहमा छलफल गर्नुपर्ने माग पुस २८ गते गरेको थियो तर २९ र ३० त्यसैगरि बित्यो तर कुनै छलफल नै नगरी सिहदरवारमा आज साँझ कार्यदलको बैठक बसेको थियो । तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले छलफल सकारात्मक भएको तर निष्कर्ष कसरी निकाल्ने विषयमा तीन दलका नेताहरुले केही नबोलेको बताए । ‘सकारात्मक कुरा गरेर मात्र हुँदैन, सिमांकनको विषयमा यस्तो हो, निर्वाचन क्षेत्रको बारेमा यस्तो, समानुापतिक समावेशीको बारेमा यस्तो हो, तीन महिनामा यसरी यसरी टुग्यांउन सकिन्छलगायतका विषयमा काँग्रेस, एमाले र एमाओवादीले बोलकै छैन’ नेता यादवले भने, ‘छलफल टुगिंएपछि मात्र अब के हुन्छ त्यो भन्न सकिन्छ त्यसअघि यस्तै होला भनि भन्न सकिने अवस्था छैन ।’ आजको बैठकमा तीन दलका नेताहरुले माघ ४ गतेभित्र सबै कुरा टुगों लगाउन गरि छलफल शुरु गर्नु पर्ने कुरा राखेको छ र सोही आधारमा भोलीदेखि छलफल हुने कुराकानी भएको बैठकमा सहभागि एक नेताले बताए । प्रमुख तीन दलको शीर्षस्थ नेताहरुको विहिवार बसेको बैठकले समेत माघ ४ गतेसम्म आन्दोलनरत दलसँग सहमति गर्ने गरि वार्ता थाल्ने निर्णय गरेपछि कार्यदल सोही आधारमा छलफललाई अगाडि बढाएको हो । सिहदरवारमा शुक्रवार साँझ बसेको कार्यदलको बैठकमा छलफललाई तीब्र रुपमा अगाडि बढाई यसलाई चाँडै टुग्यांउने गरि छलफल भएको हो । कार्यदलका सदस्य एवं काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले हरेक विषयमा छलफल भएको छ, छलफलमा दुवै पक्ष सकारात्मक देखिएकाले चाँडै टुगों लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण