सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक कार्यको लागी रकम सहयोग गर्दै 'फन्को'

शनिबार, ०२ माघ २०७२, ११ : ४२
शनिबार, ०२ माघ २०७२

काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र 'फन्को' ले देशै भर राम्रो प्रतिक्रिया पाएको छ । शुक्रबारबाट देश भरका करिब ९० भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको चलचित्रले शुक्रबार नै हेटौडामा रहेको 'मानव सेवा आश्रम' को भवन निमार्णको लागि च्यारिटी सो को पनि आयोजना गर्यो । हेटौंडा मुभी मेकरले निर्माण गरेको चलचित्र 'फन्को' ले शुक्रबार हेटौंडामा च्यारीटि सो गर्दै एक कार्यक्रमको बिच मानव सेवा आश्रमको भवन निर्माणार्थ एक लाख पचहत्तर हजार सहयोग गरेको हो । वयोवृद्घ व्यक्तीहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमको अहिले भवन निमार्ण भइरहेको छ । साथै च्यारिटी सो मार्फत संकलन भएको रकम मध्यबाट 'मामाघर नेपाल' नामक सस्थालाई पनि रु पचास हजार सहयोग गरेको छ । चलचित्रले एक कार्यक्रमको आयोजना गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारि राम प्रसाद थपलियाको प्रमुख आतिथ्यमा मानव सेवा आश्रम भौतिक बिकास प्रबर्धन समितिका सयोजक अरुण राज सुमार्गी र मामा घर नेपालका अगुवा अर्पण पराजुलीलाई चेक हस्तान्तरण गरिएको थियो । आश्रम र मामाघर नेपालले फन्को चलचित्र बाट पाएको रकमले भवन निर्माणमा ठुलो सहोयोग पुग्ने भन्दै फन्को व्यापारिक सफलताको कामना गरे । च्यारिटी सो का लागी फिनल्याण्डबाट जगननाथ काफ्ले , लक्ष्मी काफ्ले , र सन्जोग गौंतम लगायतकाको सक्रियतामा एक लाख ३० हजार सहयोग प्राप्त भएको थियो । च्यारिटी सो का लागि हेटौडा पुगेका चलचित्रका कलाकारहरु सौगात मल्ल, दयाङ राई, , अनुप बराल, लगायतकाले दर्शकहरु संग फिल्म हेरेका थिए । साथै चलचित्रले आगामी फेब्रुवरी ९ मा कोरियाको सियोन सहरमा 'मकवानपुर कोरिया मन्च' को आयोजनामा आश्रमको भवन निर्माणको सहयोगर्थ बिशेष सो गर्ने तयारि भैरहेको हेटौडा मुभी मेकरका सदस्य तथा कार्यक्रम संयोजक सुशान्त श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप